नियम १५
दर्ता किताब

(१) काउन्सिलमा स्थायी, अस्थायी, परीक्षण र विशेषज्ञको रूपमा चिकित्सकको नाम दर्ता गर्ने प्रयोजनको लागि अनुसूची–३, ४, ५ र ६ बमोजिमको ढाँचामा क्रमशः स्थायी, अस्थायी, परीक्षण र विशेषज्ञ दर्ताको छुट्टा छुट्टै दर्ता किताब राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको दर्ता किताब नेपाली तथा अंग्रेजी भाषा दुवैमा राख्न सकिनेछ । नेपाली भाषाको दर्ता किताबमा नामको पहिलो अक्षरको र अंग्रेजी भाषाको दर्ता किताबमा थरको पहिलो अक्षरको वर्णानुक्रमअनुसार दर्ता गरिनेछ ।
(३) काउन्सिलमा हुने नाम दर्ता सम्बन्धी अभिलेख विद्युतीय प्रणालीमा राखी अद्यावधिक गरिनेछ ।